स्याङ्जामा बन्यो १० दिनमै काठेपुल, ६३ घरपरिवार लाभान्वित

पाेखरा | पुस १९, २०७९

स्याङ्जामा बन्यो १० दिनमै काठेपुल, ६३ घरपरिवार लाभान्वित

स्याङ्जा:   कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा १० दिनमै काठेपुल निर्माण गरिएको छ। कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा सो पुल निर्माण भएको हो। 


करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो। 


मन्त्रालय र पालिकाबाट विनियोजित बजेटले पुलको पक्की गोरेटो बाटो निर्माण गरिएको छ। पुल बनेपछि यहाँका स्थानीय हर्षित भएका छन्। पुलबाट ६३ घरपरिवार लाभान्वित भएको वडाध्यक्ष यादवप्रसाद पाण्डेले बताउनुभयो। 


यहाँ पुल नहुँदा नजिकै रहेको विद्यालय जान, दैनिक घाँस दाउरा तथा खेती गर्ने किसानलाई असहज भएको थियो। हिउँदको समयमा केही सहज भए पनि बर्खामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो। 


पुल बनेसँगै यहाँका विद्यार्थी र स्थानीय कृषकलाई ओहोरदोहोर गर्नलाई राहत मिलेको पाण्डेले बताउनुभयो। यहाँ जोखिम मोलेर खोला तर्दा एक महिलाको बगेर मृत्युसमेत भएको थियो। 


बर्खामा खोला बढेपछि विद्यार्थी विद्यालय जानबाट र कृषकहरू खेतबारीमा जान वन्चित हुँदै आएका थिए। पर्यटकलाई आकर्षण हुने गरी निर्माण गरिएको काठेपुल दुई छेउमा ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको प्रयोग गरिएको छ। बीचमा साल र सिसौको ठूला काठ प्रयोग गरिएको छ।   

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्